उद्याेगपति विनोद चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिए छोराको बिहेको निम्तो

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015
उद्याेगपति विनोद चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिए छोराको बिहेको निम्तो

काठमाडौं : नेपाली उद्योगपति विनोद चौधरीले छोरा राहुलको बिहेमा आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेका छन्। मोदीलाई दुई छोराहरु राहुल निर्वाण र राहुलसँगै भेटेर उनले निम्ता दिएका हुन्।
 

Tata
GBIME
Nepal Life

माइक्रो ब्लगिङ साइट ट्विटबाट भेटको जानकारी दिँदै चौधरीले लेखेका छन् : राहुलको अर्को साता हुन लागेको बिहेको सिलसिलामा निर्वाण र राहुलसँगै प्रधानमन्त्री मोदीजीसँग भेट हुँदा खुसी लागेको छ। उनले भेटको तस्बिरसमेत सार्वजनिक गरेका छन्।

बिहेको निम्तो दिन पुगेका चौधरीले नेपालको राजनीतिक अवस्था र आर्थिक वातावरणबारेसमेत छलफल भएको जनाएका छन्। भारतीय प्रधानमन्त्रीको निवास सेभेन रेस कोर्स, नया“ दिल्लीमा चौधरीले मोदीसँग भेटेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग चौधरी ग्रुपका अध्यक्षको पारिवारिक भेटवार्ता भएको चौधरी समूहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘उहाँ गुजरातको मुख्यमन्त्री हुदादेखि नै हामीवीच पारिवारिक सम्वन्ध रहदै आएको छ’ भेटवार्तापछि अध्यक्ष चौधरीलाई उधृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्य व्यस्तताका बाबजूद समय उपलब्ध गराई हामीप्रति आत्मियता दर्शाउनु भएकोमा म भारतीय प्रधानमन्त्री मोदीप्रति आभारी छु ।’

भारतीय प्रधानमन्त्री मोदीले विवाहको तयारीमा रहेका चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीलाई बधाई एवं शुभकामना दिए ।
उक्त अवसरमा अध्यक्ष चौधरीले नेपालको आर्थिक विकासका लागि नेपाल भारत र चिनबीच त्रिदेशीय सहकार्य हुनुपर्नेमा भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गरेका थिए । विशेष गरि नेपालको जलस्रोतको उपयोगका लागि तीनदेशबीच निकट भविष्यमै सहकार्यको खाँचो रहेको अध्यक्ष चौधरीले राखेका थिए ।

विश्वप्रसिद्ध पत्रिका फोब्सले चौधरीलाई अमेरिकी डलरमा अर्बपति हुनेहरुको सूचीमा समावेश गर्दै आएको छ। उनी नेपालबाट यो सूचीमा पर्ने एकमात्र हुन्।