भारतमा यो वर्ष १० लाख गुणस्तरीय नयाँ रोजगारी, तलबमा पनि ४० प्रतिसत बृद्धि हुने अनुमान

बिजमाण्डू
२०७१ पुष २२ गते ००:०० | Jan 6, 2015
भारतमा यो वर्ष १० लाख गुणस्तरीय नयाँ रोजगारी, तलबमा पनि ४० प्रतिसत बृद्धि हुने अनुमान

काठमाडौं । सन् २०१५मा भारतको श्रम बजार निकै सुदृढ देखिने छ । प्रविधिका क्षेत्रमा १० लाख भन्दा बढी गुणस्तरीय रोजगारी थपिन सक्ने अनुमान गरिएको छ । नयाँ रोजगारीको अवसरमात्र होइन, तलव भत्तामा पनि निकै बृद्धि हुने अनुमान छ ।

Tata
GBIME
Nepal Life

इन्डिया इंकले सन् २०१५मा करिब १० लाख नयाँ रोजगारी सिर्जना हुने जनाएको छ । मानव संसाधन विज्ञहरु यो वर्ष रोजगारीका नयाँ अवसर र गुणस्तरमा निकै सुधार देखिने बताउँदै आएका छन् ।

भारतको कुल आर्थिक बृद्धिदरमा पनि यस वर्ष सुधार हुने संकेत देखिएको छ । सन् २०१५मा आर्थिक बृद्धिदर साँढे पाँच प्रतिसतभन्दा बढी हुने अनुमान छ । यसको असर रोजगारी सिर्जना र तलव भत्ताबृद्धिमा पनि देखिने छ ।

सूचना प्रविधिका क्षेत्रमा तलब भत्ता निकै बढ्ने अनुमान गरिएको छ । एप निर्माण, इ–कमर्स जस्ता क्षेत्रमा तलब बृद्धि निकै उच्च हुने अनुमान छ । कार्यक्षमता राम्रो भएका कामदारको तलब भारतीय बजारमा यस वर्ष ४० प्रतिसतसम्म तबल बढ्ने अनुमान छ । औसत तलब बृद्धि भने १५ देखि २० प्रतिसत हुने अनुमान छ । विश्व बजारमा पनि यस वर्ष सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर बढ्ने अनुमान छ ।

भारतीय बजारमा विदेशी कम्पनीले कार्यालय स्थापना गर्दैछन् । विदेशी कम्पनी भारतीय बजारमा आकर्षित हुँदा रोजगारी सिर्जनामा सकारात्मक प्रभाव देखिन्छ । यस वर्ष ई–कमर्स, बैंकिङ, फाइनान्स, जस्ता क्षेत्रमा रोजगारीको अवसर बढी सिर्जना हुने अनुमान छ ।