काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले २० एमबीपीएस क्षमताको नन्-डेडिकेटेड इन्टरनेट सेवा ४२ सय ५१ स्थानमा संचालनका लागि कात्तिकसम्ममा कुल ७६ मध्ये ७१ गाउँपालिका एवम् नगरपालिकाहरुसँग सम्झौता गरेको छ।
त्यहाँका स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थाहरुमा बोडब्याण्ड इन्टरनेट जडान गरी दुई वर्षसम्मलाई महशुल वापतको रकम उपलब्ध गराउने कार्यका लागि सम्झौता गरिएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, भुकम्पबाट अति प्रभावित ८ जिल्ला (काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाहरुको सामुदायिक आधारभूत विद्यालयहरुमा सोही क्षमताको इन्टरनेट जडान गरिरहेको छ।
जसका लागि कुल ६५६ मध्ये २६७ स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको प्राधिकरणले जनाएको छ।