काठमाडौं। ब्याज दर बृद्धिमा फेरि प्रतिस्पर्धा देखिएको छ। आधाभन्द बढि बाणिज्य बैंकले निक्षेपको ब्याज दरमा उच्च बृद्धि गरेका छन्।
असोज १ गते सामान्य दर कायम गरेका बैंकहरुको निक्षेप खोसिन थालेपछि कात्तिक १ गतेदेखि लागू हुने गरी उनीहरुले ब्याज बढाएका हुन्।
शान्त देखिएको हिमालयन बैंकले ब्याज ११.६७ प्रतिशत पुर्याएको छ। यसभन्दा थोरैं कम एनआइसी एसिया बैंकले ११ प्रतिशतमाथि ब्याज पुर्याएको छ। लक्ष्मी बैंकले पनि ब्याज दर ११.०५ प्रतिशत पुर्याएको छ।
असोजमा आक्रमक देखिएका बैंकहरु कात्तिकमा भने शान्त छन्।
नयाँ निक्षेप नआउने तर भएकै टिकाउन गाह्रो भएपछि असोजमा शान्त देखिएका बैंकहरुले अहिले आक्रमक भएका हुन्।
बिस्तारै तरलता अभाव हल हुने र सरकारले पनि खर्च बढाउन थाल्ने अनुमानमा कतिपय बैंकले ब्याज दरलाई स्थिर पनि राखेका छन्।
राष्ट्र बैंकको नियम अनुसार बचतको न्यूनतम र मुद्दतिको अधिकतम ब्याजको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढि हुनु हुँदैन। त्यसैले मुद्दतिसँगै बैंकहरुको बचतको ब्याज दर बढेको छ।