सीइडीबी हाइड्रोपावरले पायो सेयर निष्कासन गर्ने स्वीकृति, २५ लाख १८ हजार कित्ता जारी गर्ने

बिजमाण्डू
२०७८ बैशाख २ गते १५:२७ | Apr 15, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सिइडीबी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्न स्वीकृति पाएको छ।

कम्पनीले २५ लाख १८ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।

हालसम्म कम्पनीले ४.४ मेगावटको राधि सानो हाइड्रोपावर, १८३ किलोवाटको स्याङन्गे हाइड्रोपावर र ४ मेगावटको खुदि हाइड्रोपावर निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ।

११ मेगावटको तल्लो खहेर खोला जलविद्युत, १२ मेगावटको दोर्दी-१ हाइड्रो इलेक्ट्रिक, ५ मेगावटको रुकुमगाड विद्युत र ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजनाहरुको निर्माण भइरहेको जनाएको छ।