काठमाडौं। मर्मत सम्भारपछि सोमबारपछि मनकामना केवलकार संचालनमा आउने भएको छ। २३ वर्ष पूरा भएको यो केवलकार तीन चरणमा स्तरोन्नति हुँदैछ।
केवलकार स्तरोन्नतिको पहिलो चरणमध्येको बुल ह्विल वियरिङ नयाँ फेर्न ६ दिन बन्दको निर्णय भएको थियो। तर एक दिन अगावै केवलकार मर्मत गरेर संचालनमा आउन लागेको हो। पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपूर्जाहरु फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही पार्टपूर्जा फेर्ने र अन्तिम चरणमा एनालगबाट डिजिटलमा स्तरोन्नति गरिने कम्पनीले जनाएको छ। यो बाहेक केवलकार चल्ने मुख्य लठ्ठा पनि फेरिनेछ।
कम्युनिकेसन केवललाई सेट्रा केवल र डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरिने छ। दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केवलकार संचालन हुनेछ।