काठमाडौं। सिन्धुपाल्चोकमा भूकम्पपीडित माझीहरूका लागि एकीकृत बस्ती निर्माण गरेको श्वेताश्री फाउन्डेसनलाई सनराइज बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले फाउन्डेसनकी अध्यक्ष श्वेता खड्कालाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे। सिइओ पौड्यालले कोभिड-१९ को असहज अवस्थामा समेत सामाजिक उत्तरदायित्व वहन गर्दै बैंकले विभिन्न काम गर्दै आएको बताए।
बैंकले कोभिड सुरु हुनेबित्तिकै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीइ र मास्क दिएको थियो। फाउण्डेसनले नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा ५३ वटा घर निर्माण गरेको थियो।