काठमाडौँ। कोरोना जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउन भन्दै सरकारले तीन जिल्लामा र्यापिड टेष्टको प्रक्रिया अघि बढाउने भएको छ। शनिबारमात्र कैलालीमा तीन नयाँ संक्रमित फेला परेका थिए।
शनिबारको मन्त्रिपरिषद बैठकले तीन जिल्लामा र्यापिड टेष्ट प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।