नेपाल लाइफ र ग्लोबल आइएमइमा झुम्मिए लगानीकर्ता, बजारमा १६ अंकको ‘करेक्सन’, ३५ को मूल्य बढ्यो

बिजमाण्डू
२०७६ माघ ९ गते १५:२५ | Jan 23, 2020
नेपाल लाइफ र ग्लोबल आइएमइमा झुम्मिए लगानीकर्ता, बजारमा १६ अंकको ‘करेक्सन’, ३५ को मूल्य बढ्यो


काठमाडौं। निरन्तर बढिरहेको सेयर बजार बिहीबार १३ सय अंकभन्दा तल ओर्लिएको छ। साताको अन्तिम कारोबार दिन बजार १५.९५ अंकले झरेर १२९७.४७ अंकमा आएको हो।

Tata
GBIME
Nepal Life

सुरूदेखि सामान्य गतिमा अगाडि बढेको बजारमा कारोबार पनि खासै भएको थिएन। १ बजेतिर बजारमा लगानीकर्ताको सहभागिता बढेको थियो। तैपनि हिजोअस्तिको जस्तो कारोबार रकम बढ्न सकेन। बिहीबार दिनभरीमा १७२ कम्पनीको १ अर्ब ३८ करोड ८४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

निरन्तर बजार बढेकाले केही करेक्सन भएको ब्रोकरहरुले बताएका छन्। पछिल्लो समय बैंकिङ तरलता हराउन थालेकाले पनि बजारमा त्यसको असर देखिएको हो। तरलता अभाव बढ्न थालेपछि अन्तर बैंक सापटी ५ प्रतिशत पुगिसकेको छ। पुस मसान्तमा निक्षेप घटेको छ। सरकारले ४२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट पैसा लगेको थियो।

नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ४० लाख रूपैयाँको सेयर किनबेच भएको छ। यसपछि ग्लोबल आइएमइ बैंकको १५ करोड ५२ लाख रूपैयाँको सेयर किनबेच भएको छ।

सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले साढे ९ प्रतिशतले सम्पत्ति बढाएका छन्। बढि गुमाउनेमा सिद्धार्थ इक्विटी फण्ड छ। 

सबैभन्दा बढि सेयरको माग नेपाल बैंकको भएको थियो। बैंकको १ लाख १३ हजार १४२ कित्ता माग भएको थियो। ग्लोबल आइएमइ बैंकको ८१ हजार ५७२ कित्ता सेयर माग भएको थियो। सिभिल बैंक पनि धेरै माग हुनेमध्येमा छ।

सर्वाधिक आपूर्ति हुनेमा नेपाल बैंक, ग्लोबल आइएमइ र सिभिल नै अगाडि छन्। लगानीकर्ता 'नाफा बुक' गर्ने मुडमा पुगेका कारण पनि अधिकांश सेयर मूल्य घटेको छ। १२८ कम्पनीको सेयर मुल्य घटेको छ। ३५ वटाको मात्र बढेको छ। जीवन बीमा र अन्य सूचक बढेका छन्। सबै उपसूचक ओरालो लागेका छन्।