सानिमा र पाटन अस्पतालबीच सम्झौता नवीकरण, निम्न आय भएका महिलालाई उपचारमा सहयोग

बिजमाण्डू
२०७६ पुष २९ गते २१:३४ | Jan 14, 2020
सानिमा र पाटन अस्पतालबीच सम्झौता नवीकरण, निम्न आय भएका महिलालाई उपचारमा सहयोग

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको छ।

सम्झौताअनुसार निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजार रूपैयाँका दरले सहयोग बैंकले दिँदै आएको छ। बैंकले प्रत्येक 'नारी बचत खाता' वापत आफ्ना तर्फबाट मासिक एक रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले हस्ताक्षर गरे।