काठमाडौं। फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा)का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यकाबाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ।
करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने भएको हो। विहिबारेदेखि आउटलेट संचालनमा आउनेछ।सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुल्ने आउटलेटको उद्घाटन अभिनेत्री प्रियंका कार्कीबाट हुनेछ।
सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको बनेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार आफ्नो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् ।
कम्पनीले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्ने जनाएको छ। पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड भएको कम्पनीको दाबी छ।