काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शिलान्यास गरेको नयाँ भवन ५ हजार ३२ वर्ग मिटरमा निर्माण हुने भएको छ। भुकम्पले क्षतिग्रस्त भएपछि भवन बस्नै नसक्ने अवस्थामा पुगेको थियो।
भुकम्पपछि भवन बस्न नमिल्ने भएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठक चौरमा समेत बस्नु परेको थियो। भुकम्पले क्षतिग्रस्त भवन २०७४ फागुनमा भत्काइएको हो।
भवन भत्काउँदा राष्ट्र बैंकलाई तीक करोड १५ लाख आम्दानीसमेत भएको थियो। राष्ट्र बैंकले कुल ६१ रोपन ७ आनामा नयाँ भवन बनाउने छ।
प्रस्तावित भवनको लागत अनुमान २ अर्ब ८ करोड रुपैयाँ लाग्ने बताइएको छ। भवनको स्वरूप वेसमेन्ट २ तला र जमिन माथि ४ तला रहने छ। एक तला पार्किङ हुने छ। कन्सल्र्टेण्ट इआरएमसी/पेस जेभीलाई दिइएको छ। भवन निर्माण सम्झौता अवधि कार्यादेश जारी भएको मितिले ३० महिनाभित्र सम्पन्न हुने छ।
शनिर्माणस्थल अवलोकन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशिल ज्ञवाली र डेपुटी गभर्नर शिवराज श्रेष्ठ
भवन पुरानै बाहिर स्वरुपमा निर्माण हुने छ। भित्र भने अत्याधुनिक बनाइने गभर्नर डा. चिरञ्जिबी नेपालले जानकारी दिए। भवन निर्माणमा सबै पैसा राष्ट्र बैंकको खर्च हुने छ भने यसमा सघाउने काम पुनर्निर्माण प्राधिकरणले समेत गरेको छ। भवन शिलान्यास सोमबार राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेकी छिन्।