काठमाडौं। सनराइज बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आशा राणा अधिकारीलाई दिएको छ। ३० बर्षभन्दा बढि अवधि बैंकिङ क्षेत्रमा रहेकी आशालाई प्रमुख कार्यकारी अधिकृतबाट रत्नराज बज्राचार्यले अवकाश पाएपछि ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो।
सनराइज बैंक स्थापना हुनु दुई महिना अगाडिबाट त्यहाँ कार्यरत आशाले ११ बर्ष त्यहाँ बिताइसकेकी छिन्। सहायक महाप्रबन्धकबाट सनराइज बैंक छिरेकी उनलाई जेठ १ गतेबाट लागू हुने गरी कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो।
सनराइजमा आउनुअघि उनी हिमालयन बैंकमा थिइन्। हिमालयनमा आशाले १४ बर्ष काम गरेकी थिइन्। त्यसअघि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा उनले काम गरेकी थिइन्। त्यहाँ उनले साढे ६ बर्ष काम गरेकी थिइन्।
अमेरिकाको क्यालिफोर्नियास्थित एक बैंकमा काम गरेको अनुभव पनि उनीसँग छ। उनले त्रिभूवन विश्वविद्यालयबाट एमबिए गरेकी छीन्। उनी एमबिएकी 'गोल्डमेडलिस्ट' पनि हुन्। उनले महेन्द्र विद्याभुषणसमेत पाएकी छिन्।