कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बिजमाण्डू
२०७५ चैत्र ७ गते १६:०८ | Mar 21, 2019

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ७३ वटै शाखाहरुबाट एभरेष्ट इन्स्योरेन्सको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन्।