काठमाडौं। बाल्ट्राले विभिन्न रेञ्जका होम थिएटर तथा म्यूजिक सिस्टमहरु नेपाली बजारमा भित्राएको छ।
नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको विभिन्न मोडलका होम थिएटर तथा म्यूजिक सिस्टमहरु हेर्दा आकर्षक र सुन्दा अझ उत्कृष्ट रहेको विज्ञप्तिमा उल्लेख छ।
क्लियर साउण्ड क्वालिटी भएको होम थिएटर तथा म्यूजिक सिस्टमहरुमा ठूलो सव–उफर र पावरफुल बास रहेको कम्पनीले जनाएको छ।
बाल्ट्राले एलइडी डिस्प्लेयुक्त साउण्ड बारहरु पनि नेपाली बजारमा ल्याएको छ।