नेपालमा पहिलोपटक निर्माण उपकरणहरुको बृहत प्रदर्शनी, ६ गतेदेखि सुरु, १५० प्रदर्शक हुने

बिजमाण्डू
२०७५ मंसिर ३ गते १७:०६ | Nov 19, 2018
नेपालमा पहिलोपटक निर्माण उपकरणहरुको बृहत प्रदर्शनी, ६ गतेदेखि सुरु, १५० प्रदर्शक हुने

काठमाडौं। विकास निर्माणका उपकरणहरुको बृहत प्रदर्शनी हुने भएको छ। भारतीय उद्योग परिसंघ (सिआर्इआर्इ) को मुख्य आयोजनामा भक्तपुरको सल्लाघास्थित भक्तपुर ग्राउण्डमा प्रदर्शनी हुन लागेको हो। 

Tata
GBIME
Nepal Life

मंसिर ६ देखि तीन दिनसम्म प्रदर्शनी हुने छ। नवीनत निर्माण सामाग्री र उपकरणहरु राखिने आयोजकले जनाएको छ।

आयोजकले नेपालमै पहिलो पटक भौतिक संरचना निर्माण उपकरणहरुको बृहत प्रदर्शनी हुन लागेको दाबी गरेको छ। 'कोन म्याक २०१८' नाम दिएको उक्त प्रदर्शनीबाट नेपाली निर्माण व्यवसायी र निर्माण सम्बद्ध क्षेत्रका व्यक्तिहरुको सीप र क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजक समिति सदस्य विष्णु अग्रवालले भर्खरै नेपालको विकास निर्माणले गति लिन थालेको भन्दै ठूलो आयोजनाका कामहरु पनि सुरु हुन थालेकाले प्रशदर्शी फाइदाजनक हुने बताए। उनले निर्माण उपकरणको आवश्यकतालार्इ औंल्याउदै प्रदर्शनी गर्न लागिएको जानकारी दिए। नविनतम निर्माण सामाग्रीहरु ल्याइने भएकाले पुर्वाधार विकासको क्षेत्रमा  महत्वपुर्ण सहयोग पुग्ने उनले बताए।

नेपालमा कुल सडक सञ्जालमध्ये ११ प्रतिशत मात्रै सडकहरु ब्ल्याक टप अर्थात कालोपत्रे गरिएका छन्। २ वटा डोल्पा र हुम्ला जिल्ला भर्खरै सडक सञ्जालमा जोडिँदैछ।

मध्यपहाडी लोकमार्ग, तरार्इको लाइफलाइन मानिएको हुलाकी राजमार्ग, तराइ/मधेश जोड्ने द्रुतमार्ग लगायतका सडकहरु निर्माणको काम भैरहेका छन्। त्यस्तै ठू जलविद्युत परियोजना, विमानस्थल, रेलमार्ग निर्माण हुन लागेका छन्।

अहिले नेपाल विकास निर्माणको गतिमा अघि बढ्न लागेकाले निर्माण उपकरणहरुको बजारलार्इ मध्यनजर गर्दै प्रदर्शनी गर्न लागेको आयोजकले बताएको छ। सबै खालका पुर्वाधारका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु राखिने आयोजकले जनाएको छ।

दुर्इ लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा एक सय ५० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहनेछ। प्रदर्शनी अवधिभरमा ४ हजारभन्दा बढी व्यवसायिक अवलोकनकर्ता सहभागी हुने आयोजकको अपेक्षा रहेको छ।