काठमाडौं। आन्तरिक हवार्इ टिकटका लागि अब ट्राभल एजेन्सी धाउनुनपर्ने भएको छ। अनलाइनमार्फत टिकट बुकिङ गरेर चाहेको बेलामा हवार्इ यात्रा गर्न सकिने भएको छ।
सूचना प्रविधिलार्इ आत्मसाथ गर्दै फ्लार्इइन नेपाल डटकम(flyinnepal.com)ले अनलाइनबाट हवार्इ टिकट किन्न सकिने व्यवस्था गरेको हो। पर्यटन क्षेत्रमै लागेका युवा सुमन घिमिरे लगायतको समूहले यो अनलाइन संचालनमा ल्याएको हो।घिमिरे क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष एवं जंगल सफारी लजका संचालक समेत हुन्।अनलाइनबाट बुकिङ गरेपछि पैसा सहज रुपमा तिर्न सकिन्छ।
कम्पनीले इसेवा र विभिन्न बैंकका डेविट र क्रेडिट कार्डबाट भूक्तानी गर्नसकिने व्यवस्था गरेको छ।‘सूचना प्रविधिलार्इ आत्मसाथ गर्दै अनलाइनमार्फत हवार्इ टिकट सेवा सुरु गरेका हौं।अहिलेको जमानामा ट्राभल एजेन्सी धाएर टिकट किन्ने समयले पनि भ्याउँदैन।यसलार्इ सहज बनाउन हामीले प्रविधिमार्फत उपभोक्तालार्इ जोडेका हौं’उनले भने,’यसरी टिकट किन्दा उपभोक्ताले पनि सस्तोमा पाउने अवस्था आउँछ।’कम्पनीले क्यान्सिलेशन शुल्क पनि कम लिने जनाएको छ।
कम्पनीको क्यान्सिलेशन पोलिसी अनुसार यस्तो शुल्क बुकिङ भ्यालु र क्यान्सिलेशन समयका आधारमा रकम फिर्ता दिइने घिमिरेले बताए।‘हामीले कुनै कारण टिकट रद्ध गर्न परेमा समय र भ्यालुका आधारमा पैसा फिर्ता गर्छौं’उनले भने,’हामीले ग्राहकका लागि कस्टुमर डेक्स सर्पोर्ट पनि राखेका छौं।त्यहाँ फोन गरेर सहज रुपमा पैसा फिर्ता पाउनुहुनेछ।’कम्पनीका अनुसार कस्टुमर हेल्प डेक्सको ४४४४९९९को नम्बरमा फोन गरेर रकम फिर्ता तत्काल पाइनेछ।