काठमाडौं। नेपाली सेनाले पाविधिक तर्फ ६५ जना कर्मचारी माग गरेको छ। सेनाले डाक्टर, इन्जिनियर पाइलट, छापाखाना र लेखा अधिकृत स्तरका कर्मचारी माग गरेको छ।
प्रविधिक पदका लागि १८ वर्ष पुरा भइ पुरुषको हकमा २९ वर्ष र महिलाको हकमा ३० वर्ष ननाघेका नेपाली नागरिकले आवदेन दिन पाउने छन्।
इच्छुक आवेदकले आजदेखि भदौ १८ गतेसम्म एक हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिन पाइने नेपाली सेनाले जनाएको छ। समावेशीको हकमा थप २० प्रतिशत शुल्क तिर्नु पर्नेछ। आवेदन दिएका आवेदकले भदौ २८ गते जंगी अड्डामा सम्पर्क गर्नु पर्नेछ।
पद, संख्या र योग्यता
पद | संख्या | योग्यता |
एमविविएस डाक्टर | 15 | MBBS |
फार्मेसी | 2 | वि फार्मेसी |
अकुपेशनल थेरापिष्ट | 1 | बिओटी उत्तीर्ण |
इलेक्ट्रिकल इन्जिनियर | 1 | इलेक्ट्रोनिक्समा विइ उत्तीर्ण |
वेपनरी इन्जिनियर | 2 | विज्ञान विषयमा प्रविणता प्रमाणपत्र उत्तीर्ण |
मिलिटरी सिभिल इन्जिनियर | 1 | विइ उत्तीर्ण |
मेकानिकल इन्जिनियर | 1 | विर्इ उत्तीर्ण |
छापाखाना | 1 | स्नातक गरि प्रिन्टिङ टक्निसियनमा तीन तह उत्तीर्ण |
पाइलट | 9 | प्सटु गरि पाइलट लाइसेन्स भएको |
लेखा | 32 | वाणिज्य शास्त्रमा स्नातक |
जम्मा | 65 |