काठमाडौं। अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगत्तै उनी सिंहदरवार पुगेर कार्यभार सम्हालेका हुन्।
खतिवडाले पदभार ग्रहण गर्दै वैशाख १ गतेबाट इपेमेन्ट लागू गर्ने प्रस्ताव सदर गरेका छन्। उनले पदभार ग्रहण गरेको तस्बिर र समाचार संकलन गर्न अर्थमन्त्रालय पुगेका पत्रकारहरुसँग ठट्टा गर्दै पत्रकारको भीड निकै बढेको बताए। 'हुन त अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन' उनले भने।