देउवा मन्त्रिपरिषद् विस्तार, सहमति जुटेपछि १९ मन्त्री थपियो, कसलाई कुन मन्त्रालय?

बिजमाण्डू
२०७४ साउन ११ गते १६:५० | Jul 26, 2017

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आफ्नो र सत्ता साझेदार दलहरुका समेत मन्त्रीहरु थपेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

Tata
GBIME
Nepal Life

नवनियुक्त १९ मन्त्रीहरुको शपथ आजै राष्ट्रपति भवनमा भएको छ। 

नेपाली कांग्रेसबाट यज्ञबहादुर थापाले कानुन, वीरबहादुर बलायरले भौतिक पूर्वाधार तथा योजना, मोहन बस्नेतले सुचना तथा सञ्चार, सञ्जय गौतमले सिंचाई, मीन विश्वकर्माले वाणिज्य र अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी मन्त्रालय सम्हाल्ने भएका छन्।

यस्तै, भीमसेनदास प्रधानले रक्षा, रामकृण्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन्।

माओवादी केन्द्रले स्वास्थ्य मन्त्रालयमा गिरिराजमणि पोखरेल र ऊर्जा मन्त्रालयमा महेन्द्रबहादुर शाहीलाई पठाएको छ। अन्य मन्त्री हुनेमा शिवकुमार मण्डल, आशा कोइराला, टेकबहादुर बस्नेत र शान्तबहादुर चौधरी छन्।
कसलाई कुन मन्त्रालय?

  • गिरिराजमणि पोखरेल – स्वास्थ्य
  • जितेन्द्र देव – संस्कृति तथा पर्यटन
  • गोपाल दहित – भूमिसुधार
  • रामकृष्ण यादव – कृषि विकास
  • मोहन बस्नेत – सूचना तथा सञ्चार
  • महेन्द्र यादव – खानेपानी तथा सरसफाई
  • वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात
  • मीन विश्वकर्मा – वाणिज्य
  • अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
  • भीमसेनदास प्रधान – रक्षा
  • राजन केसी – युवा तथा खेलकुद
  • यज्ञबहादुर थापा – कानुन
  • सञ्जयकुमार गौतम – सिंचाई
  • टेकबहादुर बस्नेत – सामान्य प्रशासन
  • शिवकुमार मण्डल – आपूर्ति
  • महेन्द्रबहादुर शाही – ऊर्जा
  • आशा कोइराला – महिला तथा बालबालिका
  • वसन्तकुमार थारु – पशुपंक्षी विकास
  • मिथिला चौधरी – वातावरण