केयुकेएलका हाकिमको मासिक तलब दुर्इ लाख, तलब र भत्ता बढाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोध्दै

बिजमाण्डू
२०७४ असार १३ गते ०८:०७ | Jun 27, 2017
केयुकेएलका हाकिमको मासिक तलब दुर्इ लाख, तलब र भत्ता बढाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोध्दै
काठमाडौ। काठमाडौ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रवन्धक डा.महेश प्रसाद भट्टरार्इले मासिक तलब १ लाख ८० हजार बुझ्छन्।मासिक झण्डै दुर्इ लाख तलब बुझ्ने महाप्रवन्धक भट्टरार्इले खानेपानी वितरणलार्इ प्रभावकारी बनाउनुको साटो थप अनियमितता गरेको खुलेको छ।

Tata
GBIME
Nepal Life


उपत्यकामा खानेपानी नपाएर उपभोक्ता काकाकुल बनिरहेका छन् तर महाप्रवन्धक लगायतको खानेपानी संस्थानको टीम सुविधा बढाउन बैठक बसेको बस्यै छ।त्यो पनि अध्यक्ष नभएको मौकामा वैशाखदेखि लगातार आफुखुशी बैठक बसेको पाइएको छ।केयुकेएलका अध्यक्ष नभएको मौका छोप्दै आफ्नो तलब भत्तादेखि सल्लाहाकार नियुक्ती गरेर संस्थालार्इ नोक्सानीमा पुर्याउने काम गरेका छन्।

केयुकेएल दुर्इ वर्षदेखि लगातार नोक्सानीमा छ। खानेपानी तथा सरसफार्इ मन्त्रालयले केयुकेएलले उपत्यकामा खानेपानी वितरणमा अक्षम भएको र विभिन्न अनियमितता गरेको भन्दै मन्त्रालयले महाप्रवन्धक भट्टरार्इसँग स्पष्टीकरण सोध्ने भएको छ।सुख्खा मौसम लागेपछि टंयाकर व्यवसायीको मिलेमतोमा केयुकेएलले खानेपानी वितरणमा अनियमितता गर्दै आएको समाचार बिजमाण्डूमा छापिएको थियो।

मन्त्रालयका सचिव भीम उपाध्यायले खानेपानी वितरणमा अक्षम भएको र सरकारको ९० प्रतिशत लगानी भएको संस्था अराजक बनेपछि महाप्रवन्धकसँग स्पष्टीकरण सोध्न लागिएको जानकारी दिए।उनका अनुसार दुर्इ दिनभित्रै महाप्रवन्धकसँग स्पष्टीकरण सोधिनेछ।

 
‘मासिक १ लाख ८० हजार तलव खाएर जनताप्रति गैरजिम्मेबार बन्ने काम महाप्रवन्धकले गरेका छन्,उनले बिजमाण्डूसँग भने,उपत्यकाबासीलार्इ स्वच्छ पानी खुवाउनका लागि त्यतिधेरै तलब दिइएको हो।तर उनले जनताप्रति न्याय गरेनन्।‘ उनका अनुसार केयुकेएलमा अध्यक्ष नभएको मौका छोप्दै अवैध निर्णय गराएका छन्।
 
‘अध्यक्ष नभएको मौका छोप्दै विभिन्न अवैध निर्णय भएका छन्।त्यो निर्णयपछि हामीले स्पष्टीकरण सोध्ने टुंगोमा पुगेका हौ’उपाध्यायले भने।केयुकेएलले सरकारलार्इ तिर्नुपर्ने कर समेत तिरेको छैन।केयुकेएलमा अध्यक्ष पद गत वैशाखदेखि रिक्त छ। सञ्चालक समिति पूर्ण छैन।संचालक समिति पूर्ण नभएको मौकामा आफुखुशी निर्णय भएको हो।

समितिमा मन्त्रालयबाट सचिव सहित दुर्इ जनाले प्रतिनिधित्व गर्छन्।मन्त्रालयले भ्रष्ट कर्मचारीलार्इ कारवाही नगरेको,नियमविपरित सल्लाहकार राखेको, खानेपानीको बक्यौंतामा वास्ता नगरेको र आफुखुशी निर्णय गरेको आरोप महाप्रवन्धकलार्इ लगाएको छ।यो संस्थाले वैशाखदेखि मन्त्रालयमा समेत कुनै विफ्रिङ गरेको छैन।दुर्इ वर्षदेखि निरन्तर घाटामा रहेको संस्थाले सल्लाहकार नियुक्ती गरेर जथाभाबी पैसा बाँडिएको उपाध्यायले बताए।

उनका अनुसार महाप्रवन्धकले गैरकानुनी रुपमा तलब र भत्ता बढाएका छन्।तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले दिएको १७बुँदे निर्देशनको कुनै पालना भएको छैन।प्रचण्डले बक्यौंता तत्काल उठाउन र खानेपानी चुहावट ४० प्रतिशतमा झार्न दिएको निर्देशन केयुकेएलले अटेर गरेको छ।