काठमाडौं। ग्लोबल आइएमर्इ बैंकका अध्यक्ष चन्द्र ढकालले भारतबाट आउने रेमिटेन्सलार्इ बैंकिङ च्यानलबाट ल्याउनेतर्फ सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
भारतस्थित नेपाली दूतावासले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल भारत रेमिटेन्सको अवसर विषयक छलफल कार्यक्रमलार्इ संबोधन गर्दै उनले यो धारणा राखेका हुन्।उनले रेमिटेन्स कम्पनीको सक्रियतापछि डेढ दशक अगाडीको तुलनामा अहिले धेरै सुधार आएको बताए।ढकालले जनचेतनाको अभावमा भारतबाट अझैपनि अनौपचारिक रुपमा रेमिटेन्स आइरहेको बताए।
उनले भारतका विभिन्न बैंक तथा रेमिटेन्स कम्पनीसँग मिलेर ग्लोबल बैंकले रेमिटेन्स नेपाल पठारहेको बताउँदै नेपालमा पैसा पठाउन औपचारिक माध्यम प्रयोग गर्न आग्रह गरे।