ग्लोबल आइएमइ बैंकको नाफा एक अर्ब ४७ करोड रुपैयाँ, ब्याज आम्दानी अढाइ अर्ब नजिक

बिजमाण्डू
२०७४ बैशाख १३ गते १०:४९ | Apr 26, 2017
काठमाडौं। ग्लोबल आइएमइ बैंकले चैत मसान्तसम्म एक अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले सहायक कम्पनीसहितको नाफा एक अर्ब ४८ करोड रुपैयाँ देखाएको छ। अघिल्लो बर्ष यतिबेला नाफा एक अर्ब ३ करोड रुपैयाँ थियो।
 
बैंकले खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ गरेको छ भने ऋण लागानी ७३ अर्ब १३ करोड रुपैयाँ गरेको छ। बैकले कुल निक्षेप ८५ अर्ब ८१ करोड रुपैयाँ गरेको छ। बैंकको चुक्ता पूँजी एक खर्ब एक अर्ब पुर्याएको छ। अघिल्लो बर्षको भन्दा १८ अर्ब ४३ करोडले बढाएको छ।
 
बैंकको खराब कर्जा १.५३ प्रतिशत रहेको छ। अघिल्लो बर्ष यस्तो कर्जा १.९३ प्रतिशत थियो। बैंकको पूँजी कोष अनुपात १२.१६ प्रतिशत छ।  

Tata
GBIME
Nepal Life