इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएर स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनमा प्रवेश गरेको छ। सिटीको घरेलु मैदान इतिहात स्टेडियमा गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा मड्रिड विजयी भएको हो।
क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियलको घरेलु मैदान सान्टआगो बर्नेबेउमा यी दुई टोलीले ३-३ गोलको बराबरी खेलेका थिए। गएराति इतिहादमा सम्पन्न दोस्रो लेगको खेल पनि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा रोकिँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
खेलको १२ औँ मिनेटमा रोड्रिगोको गोलमा मड्रिडले अग्रता बनाए पनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो। सिटीका लागि केभिन डी ब्रुइनले ७६ औँ मिनेटमा गोल गरे।
समग्रमा खेल ४-४ को बराबरीमा रोकिएपछि खेलमा पेनाल्टी सुटआउटमा पुग्यो। जसमा मड्रिडले ४-३ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
त्यस्तै, गएराति नै सम्पन्न अर्को खेलमा आर्सनललाई १-० ले हराएको बायर्न समग्रमा ३-२ को जित निकाल्दै सेमिफाइनलमा पुगेको छ।
योसँगै च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पूरा भएको छ। सेमिफाइनलमा बार्यन म्युनिखले रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले डर्टमन्डसँग भिड्नेछन्।