३३ किलो सुनले हल्लाइ दियो प्रशासन, तस्करीको अनुसन्धान कसले गर्ने? सिआइबी कि अर्कै समिति?

बिजमाण्डू
२०७३ पुष २७ गते १५:४६ | Jan 11, 2017

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई आवश्यक पर्ने साधन-प्रविधि उपलब्ध गराउन सरकार जुनसुकै बेला तयार रहेको बताएका छन्।
 
आजको लेखा समितिको बैठकमा मन्त्री निधिले तस्करको मुख्य योजनाकार जोसुकै भए पनि बाहिर ल्याउनुपर्ने र त्यसका लागि परम्परागत नभई वैज्ञानिक छानबिन आवश्यक रहेको बताए। 'त्यसका लागि अहिले सिआइबी नै सक्षम छ,' उनले भने, 'छानबिनका लागि नयाँ समिति आवश्यक पर्दैन।'
 
गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलोग्राम सुन बरामद भएपछि नेपालमा सुन तस्करको रहस्य झन् खुलेको हो। यो विषय संसदीय समितिसम्म पुगेको छ। हिजोको अर्थ समितिको बैठकमा पनि नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुन पक्राउ गरेपछि प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने र त्यसका लागि प्रहरी सक्षम रहेको बताएका थिए।

Tata
GBIME
Nepal Life