फेवा विकास बैंकको अध्यक्षमा विन्दु कुमार थापा, साधारण सभा सकिएको तीन साता पछि अध्यक्ष चुनिए

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016
फेवा विकास बैंकको अध्यक्षमा विन्दु कुमार थापा, साधारण सभा सकिएको तीन साता पछि अध्यक्ष चुनिए
काठमाडौं । फेवा विकास वैकको हालै बसेको संचालक समितिको वैठकले विन्दु कुमार थापालाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । संचालक समितिबाट अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका विन्दु कुमार थापा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् । उनी पोखरा टेड मलका लगानीकर्ता पनि अध्यक्ष हुन् ।
गत चैत्र ३० गते सम्पन्न बैंकको आठौं बार्षिक साधारणसभाले आगामी चार वर्षको लागी थापा सहित सस्थापक शेयरधनीहरुको तर्फवाट रामभक्त रञ्जित, जगन बहादुर गुरुङ, सुशिल गौचन र अमर बहादुर केसी तथा सर्वसाधारण शेयरधनीहरुको तर्फवाट नारायणबहादुर वानिया, रविन्द्र माकाजु र संजिव वानियालाई संचालकमा निर्वाचित गरेको थियो ।
 
फेवा विकास बैंक लिमिटेडले आव २०७२/७३ को तेश्रो त्रयमास सम्ममा निक्षेप १० अर्ब ६३ करोड कर्जा नौं अर्ब ३३ करोड र संचालन मुनाफा करिब २६ करोड रुपैयाँ पुर्याएकोे प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले बताए । 
 

Tata
GBIME
Nepal Life