स्पेन । स्पेनका तीन युवाहरुले एउटा यस्तो ब्याट्रीको आविष्कार गरेका छन् जसले बिरुवाको माध्यमबाट पनि तपाईको मोबाइललाई चार्ज गर्नमिल्ने बनाउँछ। बायो नामको यो बायोलोजिक ब्याट्री बिरुवाले प्रकाश संश्लेषणमार्फत प्राप्त गर्ने उर्जालाई बिजुलीमा परिणत गर्छ।
ती युवाहरुका अनुसार उनीहरुको यो खोजले भविषयमा उपयोगी साबित हुनेछ । यसबाट सफा र प्राकृतिक उर्जा प्राप्त गर्नसक्ने उनीहरुको दाबी छ ।'द मिरर' को रिपोर्ट अनुसार ती युवाहरुले एउटा ढुंगाको सानो टुक्रामा युएसबि एडेप्टर राखेर यसलाई गमलामा राखेका थिए।यस कनेक्सनबाट माटोमा भएका उर्जालाई सञ्चय गरिन्छ। यस ग्याजेटलाई पावलो म्यानुअल र आफ्ना साथी राफेल रेबोलो र साबेर रोड्रिजसँग मिलेर बनाएका थिए ।
पावलोले पत्रिकासँग कुरा गर्दै भने,' यो निकै सजिलो छ । प्यानल इन्स्टल गरेपछि त्यसमाथी माटो हाल्नुहोस् र बिरुवा रोप्नुहोस् । एक वर्ग मिटरबाट तीनदेखि ४० वाटसम्म बिजुली उत्पादन गर्न सकिन्छ । यो बिरुवाको साइज र प्रकारमा पनि भर पर्छ।'अब यो टिमले आफ्नो डिभाइसको सुरुवाती मोडललाई बजारमा लैजाने लक्ष्य राखेको छ। पावलोले भने,'अहिलेसम्म हामीले प्रोटोटाइपबाट फोन चार्ज गर्नेगरेका छौं। हामीले यसलाई क्राउडफन्डिङ क्यामेनबाट जोगाउने विचार गरेका छौं। हामी धेरै पैसा जुटाउन चाहदैनौं। बस हामीले वास्तविक बजारमा यसले कस्तो प्रतिकृया पाउछ भन्ने हेर्न चाहन्छौं।'

यो टिम पुननविकरणिय उर्जा, टिलिकम्युनिकेसन हार्डवेयर र सफ्टवेयर डेभलपमेन्टमा विज्ञ छन्। एउटा गार्डेनबाट उत्पन्न हुने उर्जाबाट पुरै घरको बिद्युत समस्या सुल्झिने उनिहरुको दाबी छ। यस प्रविधिलाई अनुमति पाइसकेको छ र यसलाई बार्सीलोनामा लगेर जाँच गर्न बाकी रहेको नभभारत टाइम्सको हिन्दी संस्करणमा उल्लेख छ । नवभारत टाइम्सबाट