काठमाडौं । सिद्धार्थ डेमलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजयकुमार मिश्र नियुक्त भएका छन् । मिश्रले आइतबारबाटै काम सुरु गरेका छन् ।
यसअघि मिश्र प्रुडेन्सियल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थिए । फाइनान्स एनएमबी बैंकसँग मर्ज हुने प्रकृयामा छ ।
मर्जरपछि फाइनान्सका प्रमुख कार्यकारीलाई बैंकमा साबिकभन्दा दुई पद तल समायोजन गर्ने सहमति भएको थियो ।
यसैबीचमा मिश्र प्रमुख कार्यकारीको हैसियतमा सिद्धार्थ डेभलपमेन्ट बैंक गएका हुन् ।
खराव कर्जा बढेर समस्यामा रहेको सिद्धार्थ डेभलपमेन्टमा छोटो समयमा दुई जना प्रमुख कार्यकारी फेरिइसकेका छन् ।
दुरुपयोग भएका ऋणहरु असुल गरेर खराव कर्जा घटाउनु नयाँ सिइओको प्रमुख चुनौती हो । सिइओ मिश्र अध्यापनसमेत गराउँछन् ।