गोदावरी मेला सकियो, २५ हजार बढीले अवलोकन गरे, मेलामा १५ देखि तीन लाख रुपैयाँसम्मको फूल

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
ललितपुर । ललितपुरको जावलाखेलमा सम्पन्न आठौं प्रतियोगितात्मक गोदावरी मेलामा  ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 
मेलाको अन्तिम दिन व्यवसायीले विभिन्न फूल तथा प्लान्टहरु छुटमा उपलब्ध गराएका थिए ।  मेलामा गतवर्षको तुलनामो व्यापार बढेको फ्यानका उपाध्यक्ष तथा गोदावरी मेला संयोजक कुमार कसजुले बताए ।
 
गोदाबव मेलाको इतिहासमा आठौं गोदावरी मेला फ्लोरिकल्चर एशोसिएशन मुख्य आयोजक भएर गरेको पहिलो पटक भएको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले यो मेलाले यस अघि गरेको कारोबारको रेकर्डलाई तोडेको र गत वर्षको तुलनामा झण्डै आठलाख रुपैयाँ बढी व्यापार भएको बताए ।
  
गत असोज ३१ बाट कात्तिक ३ गते सम्म चलेको मेलामा अवलोकनकर्ताको चापले अर्को वर्ष गरिने मेलालाई अझ व्यवस्थित गर्ने मेला गर्ने स्थानका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको फ्यानका महासचिव दिलिप बादेले बताए ।
 
दर्शक तथा अवलोकनकर्ताको यो उपस्थितीले आफूहरुलाई दबाब सिर्जना भएको उनले बताए । उनले अर्को वर्ष गरिने मेलामा वशेष ध्यान पुर्‍याउने बताउँदै फ्यानलाई मेला गर्न ठाउँको अभाव भएको बताए ।
 
मेलाभर २७ हजार भन्दा धेरै फूल पारखीको उपस्थिती रहेको यो मेलामा गोदाबरी,सयपत्री, बगम्बेली, बन्साई, अर्नामेन्टल प्लान्ट र आलंकारिक लगायत बोटबिरुवाको कारोबार बढी भएको मेला संयोजक कसजुले बताए ।
 
'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपर'  भन्ने नारा सहित नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरि आयोजना गरिएको आठौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गरिएको आयोजकले जनाएका छन् ।
 
मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित गरी जम्मा ३५ वटा प्रदर्शनी कक्ष थिए ।
 
मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोट बिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो । 
 
मेलामा १५ पर्ने पिटुनियादेखि तीनलाख रुपैयाँ पर्ने फाइकस बेन्जामिनाको बन्साई  समेत राखिएको थियो । मेलाको अन्तिम दिन आउने अबलोकनकताहरु मध्ये ८० प्रतिशतले फूल किन्न आउने गरेको व्यवसायीहरुले बताए । 
 
यस पटकको मेलामा २५ हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए  ।
 

Tata
GBIME
Nepal Life