काठमाडौं। सोल्टि क्राउन प्लाजा उत्कृष्ट अन्तराष्ट्रिय व्यवसायिक होटलबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीको असोक होटेलमा गत मंगलवार भएको कार्यक्रममा सोल्टि होटेलले ‘टुडेज ट्राभलर अर्वाड २०१४’ पाएको छ ।
होटेलका महाप्रबन्धक नलिन मन्दिरट्टालाई कार्यक्रममा भारतका पर्यटन तथा संस्कृती राज्यमन्त्री श्रीपद यस्सो नाइकले पुरस्कार हस्तान्तरण गरेका थिए । टुडेज ट्राभलर अर्वाड भारतले ट्राभल तथा पर्यटन क्षेत्रका लागि प्रदान गर्ने सम्मानपूर्ण पुरस्कार हो ।
सन् २००८ बाट यस्तो पुरस्कार दिन थालिएको हो । पर्यटन, कर्पाेरेट र मनोरञ्जन उद्योगमा महत्वपूर्ण योगदान दिनेलाई पुरस्कृत गर्न यो अर्वाड दिने गरिन्छ ।
गत अगष्टमा पनि सोल्टि क्राउन प्लाजा सफारी इण्डिया साउथ एसिया ट्राभल अवार्ड २०१४ अन्र्तगत उत्कृष्ट आरामदायी होटेलबाट पुरस्कृत भएको थियो ।