काठमाडौं । आफ्ना माग पुरा नगरेको भन्दै ट्रिपर व्यवसायीले काठमाडौंका मुख्य सडकमा ट्रिपर राखेर बाटो अवरुद्ध गरेका छन्।
सरकारले नयाँ मापदण्ड लागु गर्दा क्रसर उद्योग बन्द भएको र आफूहरु बेरोजगार भएको भन्दै उनीहरुले चक्काजाम गरेका हुन्। सरकारले बनाएको मापदण्डले आफूहरुको रोजगारी गुमेको र व्यवसाय नै धरापमा परेको उनीहरुले बताउँदै आएका छन्।
ट्रिपर ब्यवसायीले काठमाडौंको तीनकुनेमा सडक अवरुद्ध गरेका छन्। तीनकुनेमा सडक अवरुद्ध गर्दा नयाँवानेश्वरबाट त्रिभुवन विमानस्थल तथा कोटेश्वर जाने सवारी साधन चल्न सकेका छैनन भने विमानस्थल तथा कोटेश्वरबाट नयाँ वानेश्वर हुँदै चल्ने सवारी पनि चलेका छैनन। यसकाे असर राजधानीका अन्य भागमा पनि परेको छ ।
प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको भएपनि तत्काल बाटो खुल्ने संभावना भने नरहेको जनाएको छ।