यात्रुको माग बढेपछि बुद्धले सुर्खेत- काठमाडौंमा ठूलो जहाज चलाउँदै, एटीआर-७२ चल्ने

बिजमाण्डू
२०७९ मंसिर २१ गते १३:३५ | Dec 7, 2022
यात्रुको माग बढेपछि बुद्धले सुर्खेत- काठमाडौंमा ठूलो जहाज चलाउँदै, एटीआर-७२ चल्ने

काठमाडौं। सुर्खेतमा यात्रुको माग बढेसँगै बुद्ध एयरले पुसदेखि एटीआर-७२ सिरिजको जहाज मार्फत नियमित उडान गर्ने भएको छ। हाल एटीआर-४२ सिरिजको जहाजमार्फत उडान गर्दै आएको कम्पनीले ठूलो जहाज प्रयोग गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

यो गन्तब्यका लागि ठूलो जहाज संचालनमा आएपछि भाडादर सस्तिनेछ।

कम्पनीले यात्रु माग अनुसार दैनिक दुईवटा सम्म उडान गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार काठमाडौं-सुर्खेततर्फ विहान १०:०० बजे र सुर्खेत-काठमाडौं विहान ११:०० बजे उडान तालिका रहेको छ।

हाल यो कम्पनीले विचक्राफ्ट, एटीआर-४२, एटीआर-७२ लगायत जहाज छन्।