नेपाल टेलिकमको फाइबर टु द होम सेवा धनकुटामा पनि, बर्षभरीमा प्रदेशभरी द्रुत सेवा

बिजमाण्डू
२०७६ असार ८ गते १६:३४ | Jun 23, 2019
नेपाल टेलिकमको फाइबर टु द होम सेवा धनकुटामा पनि, बर्षभरीमा प्रदेशभरी द्रुत सेवा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटिटिएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ।

कम्पनीले फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो।  धनकुटामा आयोजित एक कार्यक्रममा एफटिटिएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरेका छन्। 

त्यस अवशरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। 

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटिटिएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। 

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोदकुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताए।