महिन्द्रा गाडीको प्रदर्शनीका लागि भृकृटीमण्डपको हल क्लबजस्तै सजाइयो, ७ नयाँ गाडी सार्वजनिक

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ फागुन १० गते १७:३६ | Feb 22, 2019


काठमाडौं। राजधानीको भृकुटीमण्डप प्रदर्शनी हल क्लबजस्तै गरेर सजाइएको छ। प्रदर्शनीस्थलको सबै क्षेत्रमा कालो पर्दा र छतको भागमा पनि त्यसैगरि सजाइएको छ भने विभिन्न रंगमा लाइटको व्यवस्था गरिएको छ।

Tata
GBIME
Nepal Life

 विभिन्न रंगका वत्ति र सवारी साधनको वत्तिले क्वलको इन्भायोरोमेन्ट तयार पारेर त्यस्तै फिल दिन खोजिएको छ।  यो कुनै म्युजिकल कार्यक्रमका लागि होइन सवारी साधनको मेला सुरु भएको छ।त्यो पनि एउटा कम्पनीको सवारी साधन मात्रै प्रदर्शनीमा छ। भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले नयाँ कन्सेप्टसहित आफ्ना उत्पादन प्रदर्शनीमा राखेको छ।

शुक्रबारबाट सुरु भएको मेलामा सवारी साधन मात्रै छैन वाहिर फूड स्टल र स्टेजसहितको म्युजिकल कार्यक्रम समेत छ।‘हाम्रो उदेश्य भनेको महिन्द्राका उत्पादनका बारेमा सर्वसाधरणलाई जानकारी गराउनेसँगै मनोरञ्जन समेत दिने हो’ अग्नि इन्कर्पोरेटेडका अध्यक्ष क्याविनेट श्रेष्ठले भने,’त्यही भएर हामीले केही नयाँ कन्सेप्टमा मेला गरेका हौं।’

उनले एकै स्थानमा महिन्द्राको सबै उत्पादनका बारेमा जानकारी लिन सक्ने जानकारी दिए। महिन्द्राले विश्वव्यापी रुपमा जनवरी र फेब्रुअरीमा विश्वव्यापी रुपमै नयाँ गाडी लन्च गर्ने ट्रेन्ड छ। त्यही ट्रेन्डलाई पच्छाउँदै कम्पनीले नेपालमा मेला गरेको हो। यही मेला पारेर कम्पनीले महिन्द्राका विभिन्न सेग्मेन्टका सात वटा सवारी साधनको बिक्री तथा प्रदर्शन शुभारम्भ गरेको छ।

कम्पनीले प्यासेन्जरतर्फ थ्री डबल ओ, मराजो, ट्र्याक्टरतर्फ जीभो, युभो, कर्मसियलतर्फ फ्युरियो र ब्लेजो २५ लगायतका उत्पादन सार्वजनिक गरेको छ।
एकै ठाउँमा नेपाली सर्वसाधरणलाई महिन्द्राले गर्दै आएको गाडी उत्पादन प्रदर्शन र विक्रीसँगै कार्निभलको फिल दिने गरि 'महिन्द्रा उदय २०१९' आयोजना गरिएको महिन्द्रा कम्पनी अन्तर्गत दक्षिण एसियाका उपाध्यक्ष सञ्जय जादबले बताए।

'विगत २५ वर्षदेखि हामीले आफ्नो उत्पादन हाम्रा आधिकारिक विक्रेतामार्फत नेपालमा विक्री वितरण गर्दै आएका छौँ। नेपालको भौगोलिक बनावट अनुसारका लाइट र हेभी सवारीसाधन बिक्री वितरण गर्दै आएका छौं। यो मेलामार्फत सर्वसाधरणले मनोरञ्जन लिन सक्नेछन्।' जादबले बिजमाण्डूसँग भने।

महिन्द्राले 'इलेक्ट्रिक भेहिकल'सँगै विभिन्न सेग्मेन्टका फ्युल इकोनोमिक बाइक, स्कुटर, कार, भ्यान, ट्र्याक्टर, ट्रिपर लगायतका सवारी साधन पनि नेपालमा बिक्री गरिरहेको उनले बताए। मेलामा  अग्नीसँगै दुगर ग्रुप र स्वराज समेत सहभागी छ। कम्पनीका अनुसार ११ वटा फुडस्टल रहने मेलामा ३० रुपैयाँदेखि तीन सय ५० रुपैँयाँसम्मको परिकारको स्वाद लिन सक्नेछन्।

इन्टरनेट मार्फत www.mahindraudaya.com बाट सर्वसाधरणले मेलामा निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने मेलामा सय रुपैयाँ प्रवेश शुल्क छ। मेला अवधिभर ग्राहकले विशेष छुटमा गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।