सर्वसाधारणलाई शेयर जारी गर्न चौतारी लघुवित्त पनि पुग्यो धितोपत्र वोर्ड, साढे पाँच करोडको शेयर

बिजमाण्डू
२०७५ असार १० गते १६:२२ | Jun 24, 2018
सर्वसाधारणलाई शेयर जारी गर्न चौतारी लघुवित्त पनि पुग्यो धितोपत्र वोर्ड, साढे पाँच करोडको शेयर

 
काठमाडौं। चौतारी लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। संस्थाले प्राथमिक शेयर निष्कासनका लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दिएको छ।
 
संस्थाले पाँच करोड ४० लाख रुपैयाँ बराबरको पाँच लाख ४० हजार कित्ता प्रथमिक शेयर निष्कासनको अनुमति मागेको हो। प्राथमिक शेयर निष्कासनका लागि संस्थाले बिक्रि प्रवन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ। 
 
२०७१ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७२ मंसिर ९ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो। बुटवल उपमहानगरपालिका वडा नं. ६, बुद्धपथमा केन्द्रीय कार्यालय रहेको संस्थाको १० जिल्लामा कार्यक्षेत्र रहेको छ। 
 
संस्थाले लुम्बिनी अञ्चलका सम्पूर्ण ६ जिल्लाहरु (रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची) तथा राप्ती अञ्चलका ४ जिल्लाहरु (दाङ, प्यूठान, रोल्पा र सल्यान) मा सेवा दिइरहेको छ। 

Tata
GBIME
Nepal Life