एभरेष्ट बैंकको इन्टरनेट बैंकिङ नयाँ भर्सनमा, फोटो सेन्सरदेखि क्याप्चासम्मको प्रयोग

बिजमाण्डू
२०७४ मंसिर ५ गते ११:१६ | Nov 21, 2017

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सेवालार्इ परिवर्तन गरेर नयाँ र नौलो भर्सनको बैंकिङ सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा इ बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध आइरहेका छन् । यो नयाँ नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु पाउने छन् भने सुरक्षाको दृष्टिले सुरक्षित हुने बैंकको दाबी छ।यो भर्सनबाट कारोवार सुरक्षित हुनुको साथै पहिलाको तुलनामा थप सुरक्षाका उपकरण थपिएको बैंकले जनायो।

बैंकका अनुसार  युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सर देखि एक पटक मात्रै पासवार्ड प्रयोग गर्न सक्ने बनाईएको छ ।अब ग्राहकले आफ्नो युज नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानुनपर्ने बैंकले जनाएको छ। बैंकले इमेलमार्फत यी सबै सुबिधा दिने जनाएको छ ।   

बैंकले कर्पोरेट हाउसहरुलाई मध्यनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सेवा सुरु गरेको छ।यो सेवाले व्यापार तथा कर्पोरेट हाउसको तलब, भुक्तानी बाँडेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने बैंकले जनाएको छ।