काठमाडौं महानगरले तोक्यो जग्गाको मूल्य, १३९७ ठाउँको जग्गामा घर बनाउनेले कर तिर्नु पर्ने

बिजमाण्डू
२०७४ साउन १ गते १८:११ | Jul 16, 2017
काठमाडौं महानगरले तोक्यो जग्गाको मूल्य, १३९७ ठाउँको जग्गामा घर बनाउनेले कर तिर्नु पर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने जग्गाको मूल्य तोकेको छ। महानगरले आर्थिक ऐन पारित गर्दै जग्गाको मूल्य अधिकतम तीन करोड रुपैयाँसम्म तोकेको छ।
 
महानगरले १३९७ वटा ठाउँको जग्गाको मूल्य तोकेको हो। अब यो जग्गाका आधारमा खरीद बिक्री कर लाग्ने छ।
 
महानगरले भवन निर्माण स्थलको अवस्थालाई आधारमानी घरजग्गा कर निर्धारण गर्छ। घरजग्गा कर निर्धारण गर्दा जग्गाधनी प्रमाणपुर्जा, भवनको नक्सा, नागरिकता, नापी नक्शाका प्रतिलिति र अन्य आवश्यक ठानिएका कागजपत्र आवश्यक पर्छ।
 
महानगरले तोकेको जग्गाको मूल्यमा छुटको ब्यवस्थासमेत गरेको छ। सडकले नछोएकमो, १.५ मिटरसम्म चौडा बाटोले छोएको भवन, घर टहरा तथा भौतिक संरचना रहेको जग्गाको मूल्यमा २० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

कहाँको जग्गाको मूल्य कति?
(पिडिएफमा स्पष्ट नदेखिए त्यसको दाहिनेतिरको एरोमा क्लिक गर्नुहोस्।)