नेपाल लाइफ इन्स्योरेन्सले दियो २५ प्रतिशत बोनस शेयर, एफपिओ शेयरधनीले समेत पाउने

बिजमाण्डू
२०७३ चैत्र १४ गते १२:०८ | Mar 27, 2017

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आज भएको साधारणसभाले २५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

कम्पनीको बिरगंजमा सम्पन्न १७ औं साधारणसभाले उक्त बोनस पारित गरेको हो ।

Tata
GBIME
Nepal Life

साधारणसभामा बोनसकालागि कर प्रयोजन बापत दिएको १.३१ प्रतिशत नगद लाभांश पनि पारित भएको छ ।

कम्पनीले केही समय अगाडी जारी गरेको एफपिओ शेयररधनीलाई समेत बोनस शेयर दिएको जनाएको छ ।

कम्पनीको हाल दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

साधारणसभा पछि कम्पनीले जारी गरेको एफपिओ र बोनस बापत दिएको रकम चुक्ता  पूँजीमा थपिने छ ।          
साधारण सभामा वित्तीय विवरण प्रस्तुत हुनुको साथै आगामी बर्षकालागि लेखा परिक्षक समेत नियुक्त गरेको छ ।