सन् २०१२ मा ४० लाख बेरोजगार थपिए, यस वर्ष ५१ लाख थपिने आइएलओको अनुमान

बिजमाण्डू
२०६९ माघ ९ गते ००:०० | Jan 22, 2013
सन् २०१२ मा ४० लाख बेरोजगार थपिए, यस वर्ष ५१ लाख थपिने आइएलओको अनुमान

जेनेभा । सन् २०१२ म ाविश्व बेरोजगारी झनै बढेको अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ले जनाएको छ । आईएलओका अनुसार २०१२ मा ४० लाख मानिसहरु बेरोजगार भएका छन् । सो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा १९ करोड ७० लाख मानिस बेरोजगार छन् ।   विकासशिल मुलुकले रोजगारी थप्दै गएपनि विकसित मुलुकमा बेरोजगारको संख्या बढेकाकारण विश्वव्यापि बेरोजगारी बढेको हो ।
प्रतिवेदनले २०१३ लगायत आगामि केहि वर्षसम्म बेरोजगारहरुको संख्या बढने अनुमान समेत गरेको छ । २०१३ मा थप ५१ लाख युवा वेरोजगार हुने प्रक्षेपण गरेको सो प्रतिवेदनले २०१४ मा थप ३० लाख बरोजगार हुने प्रक्षेपण गरेको छ । प्रतिवेदनअनुसार बढदो बेरोजगारीले युवालाई सबैभन्दा ठूलो असर पारेको छ । विश्वका कुल युवा (२४ वर्ष भन्दा कम उमेरका काम गर्न सक्नेहरु) मध्ये १३ प्रतिसत बेरोजगार भएको प्रतिवेदनले देखाएको छ ।
सन् २०१२ मा विश्वको कूल श्रम शक्तिमध्ये ६ प्रतिसत बेरोजगार भएको जनाउँदै सो प्रतिवेदनले दिर्घकालीन बेरोजगारी दर समेत बढने  खुलस्त पारेको छ । प्रतिवेदन भन्छ, ‘युरोपका बेरोजगारमध्ये एक तिहाई बेरोजगार एक वर्षदेखि रोजगारविहिन छन् । यसैगरी रोजगारी पाउने आशा कमजोर भएपछि तीन करोड ९० लाख युवाले रोजगार बजारबाट नै हात झिकेका छन् ।’ प्रतिवेदनले युवाहरुलाई उपलब्धकामका अवसरहरु प्राप्त गर्नकालागि व्यवसायिक तालिमको खाँचो औंल्याएको छ ।  

Tata
GBIME
Nepal Life