सिरिजको तेस्रो खेलमा नेपाल र वेस्ट इण्डिज ‘ए’ भिड्दै, दुवै टोली अग्रता लिने होडमा

बिजमाण्डू
२०८१ बैशाख १९ गते ०९:१३ | May 1, 2024
सिरिजको तेस्रो खेलमा नेपाल र वेस्ट इण्डिज ‘ए’ भिड्दै, दुवै टोली अग्रता लिने होडमा
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल। फाइल तस्बिर: क्यान

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज वेस्ट इण्डिज ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा दुवै टोली सिरिजमा अग्रता लिने होडमा छन्।

Tata
GBIME
Nepal Life

पहिलो खेलमा नेपालले र दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ ले जित निकाल्दै सिरिज १-१ को बराबरीमा छ।

आज हुने खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे सुरु हुनेछ।

यी दुई टोलीबीचको यसअघिको दुई खेल प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो खेलमा नेपालले ४ विकेटको जित निकाल्दा दोस्रो खेलमा पाहुना टोलीले १० रनको जित निकालेको थियो।

यसअघिका खेलमा नेपाली कप्तान रोहितकुमार पौडेल प्रभावशाली देखिएका छन्। उनले दुई इनिङ्समा १८३ रन बनाएका छन्। वेस्ट इण्डिजका लागि पनि कप्ताननै ब्याटिङमा प्रभावशाली देखिएका छन्। कप्तान रोस्टन चेजले ९७ रन बनाएका छन्।

पछिल्लो समय ब्याटिङमा ओपनिङमा साझेदारी नजम्नु र पेस बलरले प्रभावशाली प्रदर्शन गर्न नसक्नु नेपालको टाउको दुखाइ बन्दै आएको छ।

बलिङतर्फ ओबेड म्याकोएले ४ विकेट लिँदा नेपालका सागर ढकालले ९.५० को इकोनमीमा २ विकेट लिएका छन्। विश्वकपको टोली घोषणाको समय आउँदा आजको खेलको प्रदर्शनले ठूलो अर्थ राख्न सक्छ। पहिलो खेलबाट दोस्रो खेल्दा नेपालको प्लेइङ ११ मा पाँच परिवर्तन गरिएको थियो। आजको खेलमा पनि ठूलो परिवर्तन हुने सम्भावना छ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, गुल्सन झा, करण केसी, आकाश चन्द, ललितनारायण राजवंशी, प्रतिश जिसी, अभिनास बोहरा, विवेक यादव, लोकेश बम, कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी

वेस्ट इण्डिज टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप-कप्तान), फेबियन एलेन, कदीम एलिय्ने, जोसुआ विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क डेयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पउल, ओशाने थोमस, हाइडेन वाल्स