भारतीय बजारमा महिन्द्राको ‘एक्सयुभी ३एक्सओ’ सार्वजनिक, के के फिचर छन् ?

बिजमाण्डू
२०८१ बैशाख १९ गते ०७:५४ | May 1, 2024
भारतीय बजारमा महिन्द्राको ‘एक्सयुभी ३एक्सओ’ सार्वजनिक, के के फिचर छन् ?

काठमाडौं । महिन्द्राले भारतीय बजारमा नयाँ एक्सयूभी ३एक्सओ मोडल लन्च गरेको छ। एक्सयुभी ३०० मोडललाई नाम परिवर्तन गरेर सो गाडी बजारमा ल्याइएको हो।

Tata
GBIME
Nepal Life

यो नयाँ मोडलमा एक्सयुभी ३०० मोडलमा भन्दा फिचरहरु थपिएका छन्। महिन्द्राले १.५ लिटर टर्बो डिजल, १.२ लिटर टिसिएमपी एफआई र १.२ लिटर एम स्टेलन टीजीडीआई इन्जिन यो गाडीमा उपलब्ध गराएको छ। टीजीडीआई इन्जिन टप दुईवटा भेरियन्टमा मात्रै उपलब्ध छ।

यस्तै, गाडीमा रहेको टर्बो डिजल र टर्बो पेट्रोल इन्जिनले समान १३० पीएस पावर प्रदान गर्छ। नेचुरल एस्पीरेटेड इन्जिनले भने ११२ पीएस पावर प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा ६ स्पीड म्यानुअल, ६ स्पीड एएमटी र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स पाउन दिइएको छ।

तीनवटा इन्जिन अप्सन र ९ वटा भेरियन्टमा आएको ३एक्सओ’को मूल्य भारतीय बजारमा ७ लाख ४९ हजार भारतीय रुपैयाँदेखि देखि १५ लाख ४९ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ।

कम्पनीले एमएक्स-१, एमएक्स-२, एमएक्स-२ प्रो, एमएक्स-३, एमएक्स-३ प्रो, एएक्स-५, एएक्स-५ एल, एएक्स-७ र एएक्स-७ एल भेरियन्टमा गाडी उपलब्ध गराएको छ।

यसमा एडास फिचर पनि दिइएको छ। जसमा एडाप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, इमर्जेन्सी ब्रेकिङ सिस्टम, फर्वाड कोलिजन वार्निङ, स्मार्ट पाइलट एसिस्ट, लेन किप एसिस्ट जस्ता फिचर छन्। साथै यसमा पनि हिल असिस्ट सिस्टम र ६ वटा एयरब्याग पनि छ।

कम्पनीले गाडीमा ठूलो एलइडी डिआरएल, कन्भेन्सनल हेडलाइट सेटअप, कनेक्टीङ टेललाइट, १७ इन्चको नयाँ अलोय ह्वील, पानारोमिक ग्लास रुफ पनि उपलब्ध गराएको छ।

यो एक्सयुभीमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले र त्यही आकारको टीएफटी डिस्प्ले पनि छ। हर्मनको अडियो सिस्टम, नयाँ स्टेरिङ ह्वील, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटरिङ सिस्टमहरु पनि गाडीमा समावेश छ।