च्याम्पियन्स लिग: भिनिसियसले दोहोरो गोल गर्दा बार्यन र मड्रिडको बराबरी

बिजमाण्डू
२०८१ बैशाख १९ गते ०७:१५ | May 1, 2024
च्याम्पियन्स लिग: भिनिसियसले दोहोरो गोल गर्दा बार्यन र मड्रिडको बराबरी
रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियर बायर्नविरुद्ध पहिलो गोल पछि। तस्बिर: रोयटर्स

यूएईएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिख र रियल मड्रिड बराबरीमा रोकिएका छन्। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न पहिलो लेगको खेलमा घरेलु टोली बायर्न स्पेनिस क्लब रियल मड्रिडसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

Tata
GBIME
Nepal Life

खेलको २४ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको बार्यनका लागि लेरोए सानेले ५३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

बायर्नका लागि दोस्रो गोल ह्यारी केनले ५७ औँ मिनेटमा गर्दा ८३ औँ मिनेटमा मड्रिडका भिनिसियस जुनियरले गोल फर्काए। यी दुबै गोल पेनाल्टीबाट सम्भव भएको थियो। लुकास भाजक्वेजले बक्स भित्र फउल गर्दा केनले पेनाल्टीको अवसर पाएका थिए भने भिनिसियसले भने किमको रोड्रिगोमाथि अनावश्यक फउलका कारण पाएको पेनाल्टीलाई सदुपयोग गरेका थिए।

यी दुई टोली दोस्रो लेगको खेलमा मे ९ मा मड्रिडको घरेलु मैदान सान्टिआगो बर्नेबेउमा आमनेसामने हुनेछन्।