मुम्बईलाई हराएर लखनउ तेस्रो स्थानमा, आज चेन्नइ र पञ्जाव भिड्दै

बिजमाण्डू
२०८१ बैशाख १९ गते ०७:१२ | May 1, 2024
मुम्बईलाई हराएर लखनउ तेस्रो स्थानमा, आज चेन्नइ र पञ्जाव भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले मुम्बई इण्डियन्सलाई हराएको छ। लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले मुम्बईलाई ४ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले औशत ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो। मुम्बईलाई सम्मान जनकस्कोरसम्म पुर्‍याउन नेहल वधेरा र टिम डेभिडको महत्वपूर्ण भुमिका रह्यो।

शीर्ष क्रमका ब्याटर धमाधम आउट हुँदा ५.२ ओभरमा मुम्बई ४ विकेट गुमाएर २७ रनको कमजोर अवस्थामा थियो। यस्तोमा नेहल बधेराले ४६ तथा टिम डेभिडले १८ बलमा अविजित ३५ रन बनाए। त्यसअघि ओपनर इशान किशनले ३२ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

बलिङतर्फ लखनउका मोसिन खानले २ विकेट लिँदा मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्नोइले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिका ६२ रन बनाउँदा कप्तान केएल राहुलले २८, दीपक होडाले १८ तथा निकोलस पुरनले अविजित १४ रन बनाए। बलिङतर्फ मुम्बईका कप्तान हार्दिक पाण्ड्याले २ तथा मोहम्मद नाभी, गेराल्ड कोएट्जी तथा नुवान थुसराले १ विकेट लिए।

जितसँगै लखनउ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १० खेलबाट लखनउको १२ अंक छ। शीर्षस्थानको राजस्थानको १६ अंक छ भने दोस्रो स्थानको कोलकाताको १२ अंकनै छ।

आज बेलुकी पौने ८ बजे चेन्नइ सुपर किंग्स र पन्जाव किंग्स चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा भिड्दैछन्।