डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घट्यो, कुनमा कति समायोजन?

बिजमाण्डू
२०८१ बैशाख १८ गते २१:२३ | Apr 30, 2024
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घट्यो, कुनमा कति समायोजन?

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले हवाइ इन्धनको मूल्य भने वृद्धि गरेको छ। समायोजित मूल्य मंगलबार रातिदेखि लागू हुनेछ।

Tata
GBIME
Nepal Life

निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको हो। हवाइ इन्धनमा आन्तरिकमा प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रति किलोलिटर अमेरिकी डलर सातले मूल्य बढाइएको छ।

नयाँ मूल्य अनुसार अब डिजेल मट्टीतेल पहिलो वर्गमा १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ र तेस्रोमा १५९ रुपैयाँ कायम हुनेछ।

हवाइ इन्धन आन्तरिकमा अब प्रतिलिटर १३७ रुपैयाँमा कारोबार हुनेछ। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ।