जलहरी प्रकरणमा विशेषले दियो आरोपितलाई सफाइ, करिब सवा करोडको थियो बिगो दाबी

बिजमाण्डू
२०८१ बैशाख १८ गते २०:०० | Apr 30, 2024
जलहरी प्रकरणमा विशेषले दियो आरोपितलाई सफाइ, करिब सवा करोडको थियो बिगो दाबी

काठमाडौं। विशेष अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार गरेको अभियोग लागेका तीनै जनालाई सफाइ दिएको छ।

Tata
GBIME
Nepal Life

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आरोपितलाई सफाइ दिएको हो। फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। अख्तियारले असोज १४ गते मुद्दा दायर गरेको थियो।

अदालतले मुद्दामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो। अख्तियारले उनीहरुविरुद्ध जनही १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो दाबी गरेको थियो।

जलहरी राख्दा १ किलो ४९१ ग्राम सुन हिनामिना गरेको पाइएको अख्तियारले दाबी लिएको थियो। मन्दीरमा २०७७ फागुन ११ गते सुनको जलहरी राखिएको थियो। त्यतिखेर थापा कोषको कोषाध्यक्ष थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चाँदीको साटो जलहरी राख्न कोषलाई निर्देशन दिएका थिए। उनको घोषणा उनुसार सरकारले ३० करोड रुपैयाँ दिएपछि कोषले थप ५० करोड रुपैयाँ लगानी गरी सुनको जलहरी राखेको थियो।