क्रेस्ट माइक्रोले साढे २२ लाख कित्ता आइपीओ जारी गर्ने, एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०८१ बैशाख १८ गते १९:०७ | Apr 30, 2024
क्रेस्ट माइक्रोले साढे २२ लाख कित्ता आइपीओ जारी गर्ने, एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्न भएको छ। उसले अंकित मूल्य १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

यसका लागि कम्पनीले मंगलबार एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

इन्स्योरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी गत जेठ ८ गते नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको थियो।