एभरेष्ट बैंकको चौथो एक्सटेन्सन काउन्टर कपिलवस्तुको पकडीमा, मंगलबारदेखि सञ्चालनमा

बिजमाण्डू
२०८१ बैशाख १८ गते १७:४२ | Apr 30, 2024
एभरेष्ट बैंकको चौथो एक्सटेन्सन काउन्टर कपिलवस्तुको पकडीमा, मंगलबारदेखि सञ्चालनमा

काठमाडौं। एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका-१, पकडीमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले तौलिहवा शाखा कार्यालय मातहतमा रहने गरी मंगलबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

उक्त एक्स्टेन्सन काउन्टरको लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदनशरण चौधरी र बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक लव प्रसाद कुइँकेलले उद्‍घाटन गरे।

कुइँकेलले पकडी र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताए। बैंकको यो चौथो एक्सटेन्सन काउन्टर हो।

एक्स्टेन्सन काउन्टरमा सुरुवाती ३ महिनाका लागि न्यूनतम १०० रुपैयाँ मौज्दातमा साधारण बचत खाता, २ हजार ५०० रुपैयाँ मौज्दातमा चल्ती खाता र १ हजार २५० रुपैयाँ मौज्दातमा नारी बचत खाता खोल्न पाउने अफर रहेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।