पहिलो त्रैमासमा सामसङलाई ६ खर्ब ४० अर्ब नाफा, चिपको बढ्दो मागले व्यापारमा ‘बुम’

बिजमाण्डू
२०८१ बैशाख १८ गते १५:२७ | Apr 30, 2024
पहिलो त्रैमासमा सामसङलाई ६ खर्ब ४० अर्ब नाफा, चिपको बढ्दो मागले व्यापारमा ‘बुम’
Photo : Getty Images

दक्षिण कोरियाली टेक जायन्ट सामसङले सन् २०२४ को पहिलो त्रैमासमा ६.६१ ट्रिलियन ओन (करिब ६ खर्ब ४० अर्ब) नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

सेमीकन्डक्टर चिपको व्यापारले सामसङको नाफामा बढोत्तरी भएको हो। यही वर्षमात्रै सामसङले आफ्नो फ्ल्यागसीप ग्यालेक्सी एस२४ सँगै अन्य मोडलका स्मार्टफोन पनि बजारमा ल्याएको थियो।

कम्पनीको कुल आय ७१.९ त्रिलियन ओन (६३ खर्ब ५३ अर्ब रुपैयाँ) छ। यो १३ प्रतिशतको बढोत्तरी हो।

विश्वको अर्थतन्त्र मन्दीमा रहँदा चीपको व्यापार भने पछिल्लो समय बढेको छ। आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो मागसँगै चिपको माग पनि बढेको हो।