बीमा कम्पनीको सीइओ नियुक्तिमा कडाइ, उमेर हद ६५ वर्ष, प्राधिकरणले प्रोपर टेस्ट गर्ने

बिजमाण्डू
२०८१ बैशाख १८ गते १२:४१ | Apr 30, 2024
बीमा कम्पनीको सीइओ नियुक्तिमा कडाइ, उमेर हद ६५ वर्ष, प्राधिकरणले प्रोपर टेस्ट गर्ने

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा कडाइ गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० जारी गरेर सीइओ बन्न पाउने उमेर हद घटाएको छ।

अब ६५ वर्ष उमेर ननाघेका व्यक्ति मात्रै कम्पनीको सीइओ बन्न पाउनेछन्। यसअघि सीइओ बन्न पाउने उमेर हद ७० वर्ष थियो।

निर्देशिका अनुसार अब बीमा कम्पनीले सीइओ नियुक्तिका लागि छनोट भएको व्यक्तिका कागजात २१ दिनभित्र प्राधिकरणमा पेस गर्नु पर्नेछ।

बीमकले पेस गरेको विवरणको आधारमा प्राधिकरणले उपयुक्तता छनोट (प्रोपर टेस्ट) गर्नेछ। प्रोपर टेस्ट गर्दा सीइओ नियुक्तिका लागि अयोग्य देखिएमा प्राधिकरणले लिखित निर्देशन दिन सक्नेछ।

सञ्चालक समितिले सीइओसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सीइओमा नियुक्त हुनुअघि बीमकको ४ वर्षे कार्य योजना पेस गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

बीमा ऐन, २०७९ मा सीइओको कार्यकाल ४ वर्षको हुने र अर्को एक कार्यकालका लागि फेरि नियुक्त हुन सक्ने व्यवस्था छ।