भारतबाट नेपाल पसेका दुईको साथमा भेटियो नक्कली नोट, हजार दरका १२३ वटा बरामद

बिजमाण्डू
२०८१ बैशाख १८ गते १२:१७ | Apr 30, 2024
भारतबाट नेपाल पसेका दुईको साथमा भेटियो नक्कली नोट, हजार दरका १२३ वटा बरामद
फाइल तस्वीर

काठमाडौं। पर्सामा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ का ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ का ४० वर्षीया हलिमा खातुन छन्।

Tata
GBIME
Nepal Life

वीरगंज-९ घण्टाघरनजिक दुवै नेपाली एक हजार दरको १ सय २३ थान नक्कली नोटसहित सोमबार राति पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँचका क्रममा नोट बरामद भएपछि पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।